१९ आश्विन २०८१, शनिबार

बुधबार नेप्सेमा ५ अंकको वृद्धि

प्रकाशित मिति :  11 October, 2023 3:17 pm


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ५.१६ अंकले बढेर १८९४ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ०.७७ अंकले बढेर ३६२.०८ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी १० वटा उपसमुहको सेयरमूल्य बढेको छ ।

बुधबार माण्डु हाइड्रोपावर कम्पनी कारोबार रकमका आधारमा सबै भन्दा अगाडी रहेको छ । कम्पनीको ४ करोड ८० लाख ९० हजार ८ सय १६ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा सिटी होटलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन सानिमा जीआईसी इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। कम्पनीको सेयरमूल्य ४.२१ प्रतिशतले घटेको छ ।

कुल २८६ कम्पनीको ३७ लाख ३३ हजार ५ सय २४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८ करोड ८५ लाख ४७ हजार ९ सय ८० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !