१९ आश्विन २०८१, शनिबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान कमजोर भयो : उपाध्यक्ष पाण्डे

प्रकाशित मिति :  11 October, 2023 4:34 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने अनुसन्धान कमजोर भएको बताएका छन् ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् । उनले कतिपय ऐन बनाउने सवालमा आयोगलाई दिइएको अधिकारको दुरुपयोग भएको बताए । उनले स्थानीय तहमा सहभागी भएका राजनीतिक दलहरुले आफ्नो दलका कार्यकर्तालाई ठिक ठाउँमा राख्ने कर्तव्य निभाउन आवश्यक रहेको बताए ।

उपाध्यक्ष पाण्डेले फाइललाई वर्षौंसम्म थन्क्याएर काममा बाधा हाल्ने काम अख्तियार प्रमुखबाट भइरहेको छ कि छैन भन्दै प्रश्नसमेत गरे । उनले आयोगले कमजोरी गरेको बखतमा बाहेक न्याय दिन्छ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताए । उपाध्यक्ष पाण्डेले अख्तियारमा क्षमता वृद्धि हुन जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !