१९ आश्विन २०८१, शनिबार

मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्न पाउनुपर्छ: सभापति लामिछाने

प्रकाशित मिति :  11 October, 2023 5:34 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्नु पाउनुपर्ने बताएका छन् । बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार नीतिगत र अनीतिगत भन्ने नहुने बताएका हुन् ।

उनले भ्रष्टाचार भ्रष्टाचार नै हुने भन्दै यसमा कुनै लेप लाग्नु नहुने जिकिर गरे । उनले भने, “मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्नु पाउनुपर्छ भन्ने हाम्रो पार्टीको मेरो लाइन हो । नीतिगत, योगत उगत भन्ने होइन । भ्रष्टाचार पनि नीतिगत र अनीतिगत भन्ने हुन्छ रु भ्रष्टाचार भ्रष्टाचार मात्रै हुन्छ । कुनै लेप लाग्नु हुँदैन । हेर्नु हुँदैन भन्ने होइन । गलत चिज कुनै पनि छ भने हेर्नुपर्छ । जहिलेको पनि हेर्नुपर्छ । यो हाम्रो दलको कुरा हो ।”

सभापति लामिछानेले वाइडबडी खरिद प्रकरण, नेपाल ट्रष्ट, ओम्नी, यति लगायतका प्रकरणहरूको अनुसन्धान कहाँ पुग्यो भन्दै प्रश्न गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !