१९ आश्विन २०८१, शनिबार

नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री साउद इजरायल जाने, आउन चाहनेको भाडा सरकारले तिर्ने

प्रकाशित मिति :  11 October, 2023 6:33 pm


काठमाडौँ । सरकारले इजरायलमा रहेका नेपालीहरूलाई लिन आज राति ११ बजे नेपाल एयरलाइन्स पठाउने निर्णय गरेको छ ।

बुधवार बसेको मन्त्री परिषद्को बैठकले राति ११ बजे परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नेतृत्वमा विमान इजरायल जाने निर्णय गरेको हो ।

त्यस्तै बैठकले व्यवसायिक उडानमार्फत आउन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने निर्णय गरेको कानुनमन्त्री धनराज गुरुङले बताए ।

प्यालेस्टाइनी लडाकु समूह हमासले गत शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी १० नेपालीको मत्यु भएको थियो भने ४ जना घाइते भएका छन् । एकजना अझै सम्पर्कबिहीन छन् । तनावग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरूलाई इजरायली सुरक्षा संयन्त्रले उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

इजरायलमा रहेका नेपालीहरूमध्ये २८८ जनाले स्वदेश आउन आवेदन दिएका छन्।



प्रतिक्रिया दिनुहोस !