१९ आश्विन २०८१, शनिबार

भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नुपर्छ : मन्त्री शर्मा

प्रकाशित मिति :  11 October, 2023 6:37 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नु जरुरी रहेको बताएका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री शर्माले भ्रष्टाचार रोक्नका लागि व्यक्तिको मानसिकता बदल्नु आवश्यक रहेको बताएकी हुन् ।

उनले सार्वजनिक लाभको पदमा बसेका व्यक्तिहरूको मानसिकताका कारण भ्रष्टाचार भइरहेको बताइन् । उनले भ्रष्ट मानसिकतालाई बदल्ने कुरा नै अहिलेको प्रमुख चुनौती रहेको बताइन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार रोक्ने नभई कारबाहीको दायरामा ल्याउने कुरामा सबै स्पष्ट हुनुपर्ने बताइन् ।

शर्माले मन्त्रिपरिषद्ले गर्ने सबै निर्णयहरूलाई नीतिगत निर्णयको रूपमा हेर्नु गलत भएको भन्दै यसलाई सच्याउनुपर्ने बताइन् । मन्त्रिपरिषद्ले गरेका निर्णयहरू नीतिगत हुन् वा अन्य निर्णय हुन् भन्नेमा भेद छुट्याउनुपर्ने बताइन् । मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयलाई ठोस र मूर्त गर्नु जरुरी रहेको उनले बताइन् ।



प्रतिक्रिया दिनुहोस !