१९ आश्विन २०८१, शनिबार

सिद्धार्थ बैंकले गर्‍यो लाभांश घोषणा

प्रकाशित मिति :  12 October, 2023 12:24 pm


काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७९–८०का लागि आफ्ना सेयरधनीहरुलाई ४.२९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंक सञ्चालक समितिको बुधबार दिउँसो बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांशमात्रै वितरण गर्ने निर्णय हो।

बैंकले हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको ४।२१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !