१९ आश्विन २०८१, शनिबार

काठमाडौँ महानगरद्धारा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन

प्रकाशित मिति :  12 October, 2023 1:34 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुई दिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ ।

बिहीबारबाट महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा विश्व दृष्टि दिवसको उपलक्ष्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो ।

काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भित्र काम गर्ने सबै प्रकारका आम सञ्चार प्रतिष्ठानका पत्रकार, सञ्चारकर्मी, काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेवकाहरू गरी १५ सयदेखि २ हजार जनाको आँखा परीक्षण हुने बताइएको छ ।

शिविरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल आँखा अस्पतालका कर्मचारी राम केसीले सुरक्षाकर्मी, पत्रकार सबैका लागि यो शिविर राखिएको बताए । उनले अप्रेसन गर्नुपर्ने भएकाहरूलाई पनि नेपाल आँखा अस्पतालमा सहुलियतमा उपचार गर्ने लक्ष्य रहेको बताए ।

विश्व दृष्टि दिवस २०८० को अवसरमा काठमाडौँ महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा निःशुल्क आँखा जाँच गरेको हो ।



प्रतिक्रिया दिनुहोस !