१९ आश्विन २०८१, शनिबार

अर्थतन्त्रको समस्या समाधान गर्न बाेल्ड डिसिजनकाे आवश्यक छ : प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  12 October, 2023 1:37 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमाथि परेको दबाबलाई समाधान गर्न बोल्ड डिसिजनको आवश्यकता रहेको बताएका छन् ।

आज काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले गरेको राष्ट्रिय आर्थिक वहस सुधारका लागि सहकार्य कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी कार्यक्रम बनाउने नीति, प्रक्रिया र विधि बजेट निर्माणको प्रक्रिया र विधिमा पनि गम्भीर आत्मसमीक्षा गर्दै पोलिसीमा बोल्ड डिसिजन आवश्यक रहेको बताए ।

उनले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमा सरकारले अपनाउँदै आएका नीतिका सन्दर्भमा कठोर बन्दै जाने संकेत गरे । उनले अर्थतन्त्र सुधारको टालटुले तरिकाबाट अहिलेका समस्याको समाधान दिगो रूपमा गर्न सम्भव नरहेको बताए । उनले अझै पनि अर्थतन्त्रको मुल समस्या समाधान हुन नसकेको बताए ।

प्रधानमन्त्री दाहालले अर्थतन्त्रको सुधारका कोशिस गरेपनि अर्थतन्त्र कतै न कतै समस्याग्रस्त रहेको भन्दै केही कुरामा गम्भीर रुपले समीक्षा नगर्ने र बोल्ड डिसिजन लिनेतिर अघि नबढ्ने हो भने झनै अफ्ठ्यारोमा जानसक्ने खतरा रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !