१९ आश्विन २०८१, शनिबार

एक लाख हेक्टरमा चैते धान रोपे नेपाल धानमा आत्मनिर्भर बन्न सक्छ : मन्त्री भुसाल

प्रकाशित मिति :  12 October, 2023 2:33 pm


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले किसानले एक लाख हेक्टरमा चैते धान रोपे नेपाल धानमा आत्मनिर्भर बन्न सक्ने बताएका छन् ।

बिहीवार ललितपुरमा आयोजित विश्व खाद्य दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुख्य बाली धान, गहुँ र मकैलाई विशेष जोड गरेर उत्पादन नगरेसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न नसक्ने बताएका हुन् ।

भुसालले नेपालले सन् २०३५ सम्म खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरेको र त्यस लक्ष्यलाई प्राप्त गर्न सबै एकजुट भएर कृषिमा सुधार गर्न आवश्यक रहेको बताए ।

उनले भने, “अहिले पनि करिव १३ लाख मेट्रिक्टन धान, करिव ४ लाख मेट्रिक्टन गहुँ अपुग रहेको छ । मुख्यतः धान र गहुँको उत्पादन वृद्धि कसरी गर्ने भन्नेबारेमा केन्द्रित भएर छलफल गरी योजना बनाएर काम गर्न जरुरी छ । यो वर्ष कम्तिमा पनि १ लाख मेट्रिक्टन क्षेत्रफलमा चैते धान लगाउन र ६ देखि ७ लाख मेट्रिक्टनसम्म धान उत्पादन गर्न आवश्यक रहेको छ ।’’

त्यस्तै भुसालले सरकारको विरोध गर्नेलाई सकारात्मक पक्ष हेर्न पनि अग्राह गरेको छन् । उनले भने, “आफूहरूले जिम्मेवार पाएको बेला केही काम नगर्ने र वर्तमान सरकारले गर्न लागेको काममा विरोध गर्नु उचित हुदैँन । त्यसकारण सरकारले गरेको सकारात्मक काम पनि हेर्न जरुरी छ ।’’

उनले देशमा खाद्य सुरक्षा मात्रै होइन, खाद्य सम्प्रभुताको विषयलाई पनि ऐन बनाएर व्यवस्थित बनाएको बताएका छन् । हामीले सन् २०३५ सम्म खाद्यान्नमा आत्मनिर्भर बन्ने भनेका छौँ रु कसरी हुने रु त्यसमा केन्द्रित हुनुपर्छ । अहिले पनि हाम्रा मुख्य बाली, धान, गहुँ र मकैलाई हामीले विशेष जोड गरेर उत्पादन गरेनौँ भने हामी त्यो लक्ष्य प्राप्त गर्न सक्दैनौँ । भारतले धान, चामल निर्यात गर्दिन भन्ने निर्णय गरेको छ, दुई वर्षको लागि निर्यात गर्छौं नेपाललाई भनेको छ, तर अर्को वर्ष दिएन भने के गर्ने ?”

मन्त्री भुसालले पूर्वदेखि पश्चिमका नदी प्रणालीलाई जोड्ने गरी नहर निर्माण गर्न जरुरी रहेको बताए ।

त्यस्तै अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले कृषि क्षेत्रको समस्या देखाउनभन्दा पनि यसको समाधान गर्न तर्फ सरकार अग्रसर हुन जरुरी रहेकाे बताएका छन् । उनले अबको विकल्प भनेको थोरैबाट धेरै उत्पादनको विधि अप्नाएर खेतीयोग्य जमीनको प्रयोग गर्न आवश्यक रहेको बताए । उनले किसानलाई प्रोत्साहन गर्नको लागि दिइने अनुदानदेखि विभिन्न यन्त्रिक सामाग्री सक्कली किसानसँग पुगेको छ कि छैन भनेर अनुगमन गर्न सरकारलाई आग्रह गरेका छन् ।

‘जीवन र खाद्यको आधार पानी हो’ भन्ने नाराका सहित यस वर्षको ४३ औं विश्व खाद्य दिवस मनाइएको छ । विश्व खाद्य तथा कृषि संगठन एफएओको नारामा रही नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको कृषि विभागले आगामी आज (बिहिबार) भव्य रूपमा खाद्य दिवस मनाइएको हाे ।

कृषि उत्पादनका विभिन्न जोखिमका कारण सन् २०३० सम्ममा विश्वका करिब ६० करोड मानिस दिर्घकालिन रूपमा कुपोषित हुने अनुमान गरिएको छ जसले भाकेमारी उन्मूलनका लागि दिगो विकास लक्ष्य हासिल गर्ने ठूलो चुनौती रहेको सङ्केत गरेको कृषि विभागले जनाएको छ ।

विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्व बारे जनचेतना जगाउन, भोकमरीबाट पीडित वर्गलाई उत्थान गर्नका लागि गरिने विभिन्न कार्यहरुलाई प्रवर्द्धन गर्न तथा सबैका लागि स्वास्थ्य आहार सुनिश्चित गर्नेतर्फ सरोकारवाला पक्षलाई ध्यानाकर्षण गर्नु यस दिवसको मूल्य उद्देश्य रहने विभागले जनाएको छ ।

राष्ट्रिय जनगणना तथा घरपरिवार सर्वेक्षण २०७८ अनुसार नेपालमा करिब ५७ प्रतिशत घरपरिवारले मात्र प्रशोधित पिउने पानीको पहुँच प्राप्त गरेको देखिन्छ । त्यसै गरी नेपालमा कृषक परिवारले चलन गरेको जग्गा मध्ये सिँचाई सुविधा भएको जग्गाको क्षेत्रफल ५४।४ प्रतिशत मात्र रहेको विभागको भनाइ छ ।

खाद्य सुरक्षाको अवधारणा विश्वव्यापीरुपमा सन् १९७० को मध्य दशकमा विकसित भएको हो । सज् १९७४ मा भएको विश्व खाद्य सम्मेलनले खाद्य सुरक्षालाई उत्पादन मूल्यमा हुने घटबढ र खाद्य उपभोगमा हुने वृद्धिलाई धान्न सक्ने आधारभूत खाद्य वस्तुको सबै समयमा विश्वव्यापी आपूर्तिलाई परिभाषित गरेको छ भने सन् १९८३ मा विश्व खाद्य तथा कृषि सङ्गठनले प्रत्येक व्यक्तिलाई आवश्यक पर्ने आधारभूत खाद्यान्नमा भौतिक पहुँच हुनुपर्नेमा जोड दिएको छ ।



प्रतिक्रिया दिनुहोस !