१९ आश्विन २०८१, शनिबार

नागरिकको घर–घरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्छ :महामन्त्री थापा

प्रकाशित मिति :  12 October, 2023 5:07 pm


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको घर घरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्ने पनि उनले बताए ।

महामन्त्री थापाले मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउनु भन्दा घर घरमै स्वास्थ्य सेवा पुर्‍याउने हो भने अस्पताल आउनुपर्ने मानिस घट्ने बताए । उनले ६०र७० लाख जति मानिसलाई बाथ रोग भएको हुनसक्ने अनुमान रहेको भन्दै यो डरलाग्दो रहेको बताए ।

महामन्त्री थापाले घरघरमा स्वास्थ्य सेवा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का विभिन्न वडा र क्षेत्रमा गरिने बताए ।



प्रतिक्रिया दिनुहोस !