१९ आश्विन २०८१, शनिबार

इजरायलबाट २५३ विद्यार्थी लिएर जहाज नेपालतर्फ उड्यो

प्रकाशित मिति :  12 October, 2023 5:37 pm


काठमाडौँ । इजरायलमा रहेका दुई सय ५३ जना नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको जहाज उडेको छ। जहाज आज राति १:३० बजे जहाज काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

प्यालेस्टिन चरमपन्थी समूह हमास र इजरायबिच युद्ध चर्किएपछि त्यहाँ रहेका नेपालीलाई उद्धार गरी ल्याउन सरकारले जहाज पठाएको हो ।

सरकारले बिहीबार बिहान नेपालीको उद्धारको लागि जहाज इजरायल पठाएको थियो । नेपालीको उद्धार गरी ल्याउन परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरन जहाजमा गएका थिए ।

शनिबार हमासले इजरायलमाथि आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीले उद्धार गर्न सरकारसँग अनुरोध गरेका थिए । सोहीअनुसार सरकारले उनीहरूलाई उद्धार गरी नेपाल फर्काउन सरकारले जहाज पठाएको हो ।



प्रतिक्रिया दिनुहोस !