१९ आश्विन २०८१, शनिबार

राष्ट्रियसभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

प्रकाशित मिति :  13 October, 2023 1:54 pm


काठमाडाैँ । राष्ट्रियसभाले राष्ट्रियसभा नियमावली २०७५ संशोधन गर्नका लागि मस्यौदा समिति गठन गरेको छ । शुक्रवार बसेको राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावली २०७५ संशोधन गर्नका लागि १२ सदस्यीय मस्यौदा समिति गठन गरेको हो । समिति सदस्यहरूमा अनिता देवकोटा, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा र दिलकुमारी रावल थापा पार्वती रहेका छन् ।

त्यसैगरी भैरवसुन्दर श्रेष्ठ, मदनकुमारी शाह गरिमा, महेशकुमार महरा र मोहम्मद खालिद पनि सदस्य रहेका छन् । त्यस्तै डा.विमला राई पौड्याल, शेखरकुमार सिंह र सुरेशकुमार आले मगर पनि मस्यौदा समितिमा रहेका छन् ।

मस्यौदा समितिले राष्ट्रियसभा र समितिमा सुव्यवस्थित रूपमा सञ्चालन गर्न राष्ट्रियसभा नियमावली २०७५ मा रहेका सभा तथा समिति सञ्चालनका सन्दर्भमा देखापरेको कठिनाइहरू पहिचान गरि नियमावलीमा संशोधन मस्यौदा तयार गरी सभामा पेश गर्ने जनाइएको छ ।

समितिले सदस्यहरू मध्येबाट एकजना सभापति चयन गर्ने तथा समिति आफैंले कार्यविधि बनाउने बताइएको छ । सो मस्यौदा समितिलाई पुष १४ गते सम्मको कार्यावधि दिइएको छ । बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकि सभापति दिलकुमारी रावल थापा पार्वतीले राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन २०७९\०८० पेश गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस !