१९ आश्विन २०८१, शनिबार

चाडपर्व लक्षित बजार अनुगमन: वालिङ नगरपालिकामा म्याद गुज्रिएका सामान फेला

प्रकाशित मिति :  13 October, 2023 2:26 pm


काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिकामा स्थानीय सरकारले बजार अनुगमनलाई प्राथमिकता नदिदाँ बजारमाम्याद गुज्रिएका सामान पाइएका छन् ।

बिहिबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गरेको चाडपर्व लक्षित बजार अनुगमनका क्रममा खाद्यान्न, मिठाइ पसल र हार्डवेयरमा मिति गुज्रिएका सामान फेला परेका हुन् ।

चाडपर्वमा हुन सक्ने कालोबजारी तथा ठगी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा बिहिबार वालिङ नगरपालिकाको बजार अनुगमन गरिएको थियो । बजार अनुगमनमा घरेलु तथा पर्यटन कार्यालय, खाद्यान्न तथा गुणस्तर नियन्त्रण कार्यालय पोखरा, उपभोक्ता मंच, करदाता कार्यालय , नगरपालिकाका कर्मचारी र प्रहरीको समेत सहभागिता रहेको थियो ।

हिजाे (बिहिबार) २२ वटा पसलहरूको अनुगमन गर्दा १४ ओटा खाद्यान्न पसल, ४ ओटा औषधी पसल, २ वटा हार्डवेयरमा र १\१ वटा मिठाइ पसल र बेकरीको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

अनुगमनका क्रममा चामल, बिस्कुट, दालमोठ, कोल्ड ड्रिंक्स, बियर, फेबिकल , रंग, नमकिन , चाउचाउ, अजिनो मोटो लगायतका म्याद गुज्रिएका सामग्रीहरू भेटिएका थिए । औषधी पसलहरूमा भने कुनै कैफियत नभेटिएको बताइएको छ ।

हार्डवेयर, खाद्यान्न, बेकरी र मिठाइ पसलमा रहेका लेबल नभएका र म्याद गुज्रिएका सामाग्री जफत गरी वालिङ सरसफाई केन्द्रमा लागि नष्ट गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !