१९ आश्विन २०८१, शनिबार

मानव अधिकार आयोगको स्तर घट्न नदिनका लागि पहल गर्न सरकारलाई निर्देशन

प्रकाशित मिति :  13 October, 2023 2:44 pm


काठमाडौँ । कानुन, न्याय तथा मानव अधिकार समितिले नेपालको संविधान र कानुनले राष्ट्रिय मानव अधिकार आयोगलाई सुम्पिएको जिम्मेवारी एवं आयोगका काम कारबाहीलाई प्रभावकारी बनाउनका लागि पर्याप्त साधन श्रोतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिको तर्फबाट सरकारलाई निर्देशन दिँदै समिति सभापति विमला सुवेदीले राष्ट्रिय मानव अधिकार ऐन, २०६८ लाई सम्भव भएसम्म अन्तर्राष्ट्रिय स्तरको बनाउन सरकारलाई निर्देशन दिइन् ।

उनले यसको सुधारको प्रक्रिया अघि बढाउन र राष्ट्रिय मानव अधिकार आयोगको स्तर घट्न नदिनका लागि नेपाल सरकारको तर्फबाट गरिनुपर्ने पहलकदमी यथाशीघ्र गर्न पनि निर्देशन दिइन् ।

समितिले विजया दशमी, शुभ दीपावली, नेपाल संवत, तथा छठ पर्व २०८० को अवसरमा सम्पूर्णमा शुभकामनासमेत व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !