१९ आश्विन २०८१, शनिबार

व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यकः गृहमन्त्री श्रेष्ठ

प्रकाशित मिति :  13 October, 2023 4:30 pm


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक रहेको बताएका छन् ।

शुक्रवार दोस्रो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले मुलुकको व्यापार घाटालाई कम गर्नको निम्ति मुलुकको उत्पादनलाई निर्यात गर्न सक्नुपर्ने बताए ।

उनले मुलुकमा उत्पादन भएका वस्तुहरू निर्यात नगरेसम्म कसैलाई अनुरोध र निवेदन गरेर मात्रै व्यापार घाटा कम हुन नसक्ने दाबी गरे । उनले आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नसके मात्रै व्यापार घाटा कम हुने भन्दै तत्काल ठूला उत्पादन उद्योग खोल्ने र निर्यात गर्दा पनि व्यापार घाटा कम हुने अवस्था नभएको बताए ।

उनले विकासको निम्ति पुँजी आवश्यक रहेको भन्दै सरकारले पुँजी निमार्ण,पुँजीगत खर्चको कार्यान्वयन र चुलिँदै गएको व्यापार घाटालाई कम गर्न जरुरी रहेको उल्लेख गरे ।

गृहमन्त्री श्रेष्ठले राष्ट्रलाई समृद्धिको दिशामा तिर लैजान घरेलु उद्योगहरूलाई प्रोत्साहित गरी रोजगारी सिर्जना र उत्पादन वृद्धि गरे मात्रै र अर्थतन्त्रलाई समृद्धिको दिशातिर लैजान सकिने बताए ।



प्रतिक्रिया दिनुहोस !