१९ आश्विन २०८१, शनिबार

सरकारको मति यस्तै रहे देश ठूलो संकटमा फस्छ : सांसद गौतम

प्रकाशित मिति :  13 October, 2023 5:05 pm


काठमाडाैँ । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारको गति र मति यस्तै रहेमा देश ठूलो संकटमा फस्ने बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले वर्तमान गठबन्धन सरकारले स्थिरता, समृद्धि दिएर आम नागरिकको निराशालाई चिरोस् भन्ने अपेक्षा गरेपनि त्यसो हुन नसकेको बताए।

‘भ्रष्टाचार व्याप्त छ। जताततै अराजकता छ। के भइरहेको छ, थाहा छैन। के र्दै छौँ थाहा छैन। कसरी जाँदैछौँ थाहा छैन। यसले साह्रै ठूलो निराशा पैदा भएको छ। देशको विकास निर्माणको गति पनि ठप्प भएको छ,’ उनले भने, ‘राष्ट्रिय गौरवका आयोजना अस्तव्यस्त परिस्थितिमा बसेका छन्। मंहगी छ। सरकारलाई यी सबै कुराको हेक्का रहोस् भन्न चाहन्छु। यही गति र यही मतिमा हिँड्ने हो भने यो लोकतन्त्र पनि रहँदैन।’

उनले देशमा भ्रष्टाचार र अराजकता व्याप्त भएको बताउँदै उनले जनतामा निराशा पैदा भएको बताए। देशको विकास निर्माणको काम पनि ठप्प भएको पनि बताए ।

सांसद गौतमले सरकारको गति र मति यस्तै रहेमा देशमा लोकतन्त्र नरहने र संविधानमा संकट आउने बताए । ‘संविधानमा पनि संकट आउँछ। देश ठुलो संकटमा फस्छ। आम जनतामा छाएको निराशालाई हामीले आशामा परिवर्तन गर्न सकेनौँ भने यसको परिणाम राम्रो हुँदैन। हामीले विधिको शासन पनि स्थापित गर्न सकेका छैनौँ। न्याय हरायो भने के गर्नेरु न्याय हरायो भने बर्बाद होला नि,’ उनले भने।

उनले देशमा विधिको शासन स्थापित गर्न नसकेर न्याय हराउँदै गइरहेको बताए।



प्रतिक्रिया दिनुहोस !