२० असार २०८१, बुधबार

उत्तर कोरियाका नेता किमको स्वास्थ्यबारे थप अन्योल

प्रकाशित मिति :  28 April, 2020 8:01 am


एजेन्सी, १६ वैशाख ।

उत्तर कोरियाका नेता किम जोङ उनको स्वास्थ्यलाई लिएर थप अन्योल सिर्जना भएको छ ।

यसअघि किम ठिक र स्वस्थ रहेको समाचार सार्वजनिक भएपनि अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्ले आफै अन्योल रहेको जस्तो देखिने गरि संवाददाताहरुसँग धारणा सार्वजनिक गरेको अमेरी समाचार संस्था सीएनएनले जनाएको छ ।

संवादताताहरुसँग अमेरीकी राष्ट्रपति ट्रम्पले भनेका छन्,‘यो विषयमा आफूलाई राम्रोसँग थाहा भएको’ बताएपनि किम कहाँ छन् र अवस्था कस्तो छ भन्नेबारेमा प्रष्टसँग भनेन् ।

ट्रम्पले भनेका छन्,‘म अहिले नै ठ्याक्कै त भन्न सक्दिैन तर मलाई यसबारेमा राम्रो थाहा छ तर म यसबारेमा अहिले केही भन्न सक्दैन । उनीलाई राम्रो होस भन्ने चाहना राखेको छु ।’

शनिबारको पत्रकार सम्मेलनमा मात्रै ट्रम्पले संवाददाताहरुसँग,‘अहिले आफूले केही भन्न नसक्ने र उनी कहाँ छन् भन्नेबारेमा पक्कैपनि कसैले केही जानकार दिन नसक्ने’ बताएका थिए ।

उनले भनेका थिए,‘किम जोङ उनको विज्ञप्ति आएको छ तर यस्तो होला भन्ने मलाई लाग्दैन ।’

उत्तरकोरियामा उनको विज्ञप्ति भन्दै सार्वजनिक भएपनि अमेरीकी राष्ट्रपति ट्रम्पले यसमा आशंका व्यक्त गरेका थिए ।

तर, पल्लिो पटक उनले आफूलाई उत्तर कोरियाली नेता उनको बारेमा राम्रोसँग थाहा भएको तर अहिले केही भन्न नसक्ने भन्दै पन्छिएका छन् ।
गतहप्ता मात्रै अमेरीकी जासुसी अनुगमनकर्ताहरुको स्रोतबाट भन्दै उनको स्वास्थ्य गम्भीर रहेको समाचार सीएनएनले सार्वजनिक गरेको  थियो ।

उनको निधन भएको समेत समाचार सार्वजनिक भएका छन् । बेलायती एक अनलाईनले नेता उनको मृत्यु भएको दाबीसहित समाचार सार्वजनिक गरेको थियो ।

अन्योलतापूर्ण समाचार सार्वजनिक भएपछि अमेरीकी सुरक्षा सल्लाहकार रोबर्ट ओर्बेनले उत्तर कोरियाली नेता उनको स्वास्थ्यको विषयमा भईरहेको घटनालाई नजिकबारे नियालिरहेको बताएका थिए ।

अप्रिल ११ मा अन्तिम पटक देखिएका थिए किम

उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले सार्वजनिक गरेको समाचार अनुसार नेता किम अप्रिल ११ मा पार्टी पोलिटब्यूरो बैठकमा अन्तिम पटक देखिएका थिए ।

त्यसपछि कतै देखिएका छैनन् । उनको स्वास्थ्य गम्भीर रहेको तथा मृत्यु भईसकेको जस्ता हल्लाकाबीच उत्तर कोरियाले भने नेता किमको उपस्थिति देखाउने प्रयास गरेको छ ।

सोमबार मात्रै उत्तर कोरियाको नेताका तर्फबाट दक्षिण अफ्रिकाका राष्ट्रपतिलाई स्वतन्त्रता दिवसको दिन बाधाई शुभकामना सन्देश पठाएको त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

दक्षिण कोरियाले भने उत्तर कोरियाली नेता किम जीवितै र स्वस्थ रहेको बताएको छ । उनको मृत्युको हल्ला फैलिएपछि दक्षिण कोरियाले किम जीवित र स्वस्थ्य रहेको बताएको छ ।

तर, विवादास्पद समाचारहरु आएपनि उनको अवस्थाबारे यथार्तता सार्वजनिक भएको छैन । सूचनामा पहुँच कम भएका कारण पनि किमको स्वास्थ्यबारे यथार्तता बाहिर ल्याउन गाह्रो भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !