१९ आश्विन २०८१, शनिबार

आज औँसी श्रद्धा, पितृ विसर्जन गरिँदै

प्रकाशित मिति :  14 October, 2023 8:24 am


काठमाडौँ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन गरिने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन हुँदैछ । हिन्दु धर्मालम्बीहरुले १६ दिनसम्म आफ्ना पितृको मृत्यु तिथिमा पितृलाई तर्पण दिने गर्दछन् ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो अवधिलाई सोह्रश्राद्ध भनिएको हो ।

हिन्दुहरुले चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गर्दछन् । पहिले पितृलाई खुसी पार्नु पर्छ भन्ने मान्यताका साथ हरेक वर्ष ठूला चाड अगाडि सोह्रश्राद्ध गरिन्छ ।



प्रतिक्रिया दिनुहोस !