१९ आश्विन २०८१, शनिबार

स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक घाइते

प्रकाशित मिति :  14 October, 2023 9:32 am


काठमाडौँ । स्याङ्जाको पुतलीबजार नगरपालिकामा हिजो (शुक्रबार) दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक पुरुष घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ शिखरपानी बस्ने ४८ वर्षीय हित बहादुर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।

पुतलीबजार नगरपालिका वडा नम्बर ११ मायाटारीस्थित सिद्धार्थ राजमार्गमा वालिङबाट स्याङ्जातर्फ आउँदै गरेको ग ३ च २९८९ नम्बरको जीपले लु ५९ प ८३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका हुन् ।

घाइते चालकको जिल्ला अस्पताल स्याङ्जामा उपचार गरी थप उपचारको लागि पोखरा रिफर गरिएको प्रहरीले बताएको छ ।

उनको दाहिने हात र खुट्टामा चोट लागेको छ भने अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !