१९ आश्विन २०८१, शनिबार

पहाडका मध्यम वर्षाकाे सम्भावना, यस्ताे रहनेछ मंगलवारसम्मकाे माैसम

प्रकाशित मिति :  15 October, 2023 7:20 am


एआइले बनाएकाे समाचार प्रतिनिधि तस्बिर ।

काठमाडाैँ । आगामी २४ घण्टामा देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम  वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ। आइतवार भारी वर्षा भने हुने छैन। 

विभागका अनुसार आइतवार राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएकाे हाे। 

साेमवार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने तथा सुदूर-पश्चिम र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम  वर्षाको सम्भावना रहेको विभागकाे माैसम पूर्मानुमान बुलेटिनमा उल्लेख छ।

साेमवार राती: सुदूर-पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूर-पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका ‍एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम  वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ।

विभागका अनुसार मंगलवार दिउँसो सुदूर-पश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम  वर्षाको सम्भावना छ । मंगलवार राती पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम  वर्षाको सम्भावना रहेको जनाइएकाे छ।



प्रतिक्रिया दिनुहोस !