१९ आश्विन २०८१, शनिबार

मीराले पाइन् जुत्ता किन्दा खसी उपहार !

प्रकाशित मिति :  15 October, 2023 7:51 am


काठमाडौँ । नेपाली जुत्ता चप्पल उत्पादक समुहले आयोजना गरेको जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० मा लक्की ड्र मार्फत बम्पर उपहारको पहिलो विजेता घोषणा गरिएको छ । 

लक्की ड्र मार्फत् पहिलो विजेता (कुपन नं. २३९९८) मिरा तिवारीले बम्पर उपहार स्वरुप रु. २२ हजार रुपैया बराबरको खसी प्राप्त प्राप्त गरेकी हुन्।

कुपन नं. १४३४४ का हरी प्रसाद अवस्थी, कुपन नं. १४३८३ की सीता अधिकारी, कुपन नं. ९०७३ की उर्मिला साह, कुपन नं. ६९९२ की सुस्मिता थापामगर, कुपन नं. २१५६९ की संगिता गौतम, कुपन नं. ६९५४ का विनय महर्जन, कुपन नं. ४३६० की सविता खत्री, कुपन नं. २८२५ का सुजन कुमार पण्डित, कुपन नं. ३९८८ की कल्याणी कुँवर, १४०४७ का शिवम थापा र कुपन नं. १२९७५ का शिव कुमार पुन गरी ११ ले एक हजार बराबरकोसपिङ्ग भौचर प्राप्त गरे।

बम्पर उपहारको दोश्रो विजेता मेलाको अन्त्यमा घोषणा गरिने भएको छ। दोश्रो विजेताले पनि बम्पर उपहार स्वरुप २२ हजार बराबर खसी प्राप्त गर्नेछन् । महोत्सव यही असोज १० गतेदेखि चलिरहेको छ भने नेपाली ब्राण्डका गुणस्तरीय तथा आकर्षक जुत्ता चप्पलहरुमा ५० प्रतिशतसम्मको छुटको व्यवस्था छ।

महोत्सवमा नेपालका चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेश फुटवेयरको उत्पादन – वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको – क्रस रोड शुज, शुभकामना फुटवेयरको – फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल्स, आर.डि.कलेक्सनको – हाई लाईफ, केटिएम शुजको –केटिएम, डि.जे. शुज कम्पनीको – डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल ट्रेड लिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरि ११ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहेको छ ।



प्रतिक्रिया दिनुहोस !