१९ आश्विन २०८१, शनिबार

गाजाका बासिन्दाहरूको स्थानान्तरण अत्यन्त खतरनाकः राष्ट्रसंघ प्रमुख

प्रकाशित मिति :  15 October, 2023 11:35 am


काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली सेनाको आदेशअनुसार गाजावासीलाई उत्तरबाट दक्षिणतिर सार्नु खतरनाक भएको बताएका छन् ।

उनले शुक्रवार सो चेतावनी दिए । उनले गाजाको अवस्था डरलग्दो रहेको बताए । गुटेरेसले इजरायलमा हमासले गरेको डरलाग्दो आतंककारी हमलालमा १२ सय बढीको मृत्यु भएको थियो । साथै हजारौँ मानिस घाइते छन् ।

गुटेरेसले गाजाभर तत्काल मानवीय पहुँच उपलब्ध गराउन आह्वान गरे । उनले त्यहाँका बासिन्दालाई इन्धन, खाना, पानी लगायतका सामग्री उपलब्ध गराउन आग्रह गरे ।

उनले युद्धमा पनि नियमहरु हुने भन्दै अन्तर्राष्ट्रिय मानवीय कानून र मानवअधिकारको सम्मान र समर्थन गर्न आग्रह गरे । उनले गाजाका बन्धकहरुलाई तत्काल रिहा गर्नसमेत आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !