१९ आश्विन २०८१, शनिबार

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज सपथ लिने

प्रकाशित मिति :  15 October, 2023 11:53 am


काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज सपट ग्रहण गर्ने भएका छन् ।

कार्कीले आज आइतबार दिउँसो २ बजे पद तथा गोपनियाताको सपथ ग्रहण गर्ने कोशी प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेस विद्रोही समूहका ८ र नेकपा एमालेका ३९ जनाको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री कार्कीले आजै आफूलाई सहयोग गर्ने नेकपा एमाले र कांग्रेस विद्रोही समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !