१९ आश्विन २०८१, शनिबार

कोशीका मुख्यमन्त्री कार्कीले भेटे एमाले अध्यक्ष ओलीलाई

प्रकाशित मिति :  15 October, 2023 11:55 am


काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।

शनिबार मुख्यमन्त्री नियुक्त भएपछि कार्की काठमाडौँ आएका थिए। कार्कीले बालकोटस्थित निवासमा पुगेर एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेका हुन्।

अध्यक्ष ओली र मुख्यमन्त्री कार्कीबिचको भेटमा कोशी प्रदेशको मन्त्रिपरिषद् विस्तारलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।

कार्कीसहित कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।



प्रतिक्रिया दिनुहोस !