१९ आश्विन २०८१, शनिबार

दसैंघरमा विधिवतरुपमा राखियो जमरा

प्रकाशित मिति :  15 October, 2023 12:15 pm


काठमाडौं । घटस्थापनाको पहिलो दिन आज काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिवतरूपमा जमरा राखिएको छ । हनुमानढोका दरबारका पुजारीले बिहान ११ बजेर २९ मिनेटको साइतमा शुभसाइतमा जमरा राखेका हुन् ।

सोक्रममा नेपाली सेनाको ब्याण्ड बाजाटोलीले मंगल धुनसँगै बन्दुक पड्काएर बढाइँ गरिएको छ ।

दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक दश दिन देविको पूजा आराधना गरिन्छ । हनुमानढोकाको दसैँघरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मंगल धुन पनि गाइन्छ ।



प्रतिक्रिया दिनुहोस !