१९ आश्विन २०८१, शनिबार

नेपालमा फ्युचरिस्टिक फ्ल्यागशिप भेरियन्ट ओमोडा फाइभ ईभी लन्च

प्रकाशित मिति :  15 October, 2023 12:25 pm


काठमाडौँ । चेरी इन्टरनेशनलले नेपालमा आफ्नो फ्ल्यागशिप भेरियन्ट ओमोडा फाइभ ईभी, लन्च गर्न लागेको छ। जसअनुसार विद्युतीय गाडीको विशेष झलक प्रदान गर्न, ओमोडाको चिनियाँ टोलीले अक्टोबर ९ मा एक अनलाइन लाइभस्ट्रिम कार्यक्रम सञ्चालन गरिएको छ ।

ओमोडाका सीएमओ, लिलियन जिओंग र ओमोडाका प्रबन्ध निर्देशक कायपान द्वारा संचालित यो लाइभस्ट्रिम कार्यक्रम चीनबाट भएको थियो । जसमा शारदा समूहका विशिष्ट अतिथिहरू र मिडिया अनलाइन लाइभस्ट्रिम मार्फत उपस्थित थिए।।

ओमोडा फाइभ ईभीको मुख्य विशेषताहरू मध्ये एक यसको स्मार्ट हल्का ब्याट्री भएको बताइएको छ । जसले ब्याट्रीको आयु बढाउँछ र भी२एल प्रविधि मार्फत माइलेजको चिन्तालाई सम्बोधन गर्दछ। ८१५५ क्वालकम स्मार्ट चिप, १६ प्रकारका एडीएएस सोनी स्पिकर, असिस्टेड ड्राइभिङले सुसज्जित ओमोडा ५ ईभीले भविष्यलाई उपभोक्ताहरूको नजिक ल्याउँछ।



प्रतिक्रिया दिनुहोस !