१९ आश्विन २०८१, शनिबार

स्थानीय तहका कर्मचारी र सरकारबिच सहमति

प्रकाशित मिति :  15 October, 2023 1:08 pm


काठमाडौ। स्थानीय तहका कर्मचारी र सरकारबिच सहमति भएको छ । विगत १४ दिनदेखि विभिन्न माग राखेर काठमाडौंमा आन्दोलन गरिरहेका स्थानीय कर्मचारी र सरकारबिच शनिबार १९ बुँदै सहमति भएको छ ।

बिहीबार ५ घन्टाका साथै शुक्रवार र शनिबार निरन्तर वार्ता भएपछि सहमति भएको हो । सहमतिमा प्रमुख प्रशासकीय अधिकृत ऐन लागू भएको पाँच वर्ष निजामती कर्मचारी र त्यसपछि स्थानीय सेवाको हुन पाउने छन् ।

तहगत सरुवा प्रणाली, ट्रेड युनियन अधिकार, प्रदेशले निर्माण गर्ने कानुनमा स्थानीय कर्मचारीको साटो प्रदेशको निजामती कर्मचारी, पाँच वर्षमा बढुवा हुने व्यवस्था गर्ने सहमति भएको आन्दोलनरत एक कर्मचारीले बताए ।



प्रतिक्रिया दिनुहोस !