१९ आश्विन २०८१, शनिबार

एसीसी यू–१९ मा नेपाललाई लगातार दोस्रो जित

प्रकाशित मिति :  15 October, 2023 2:12 pm


काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित हात पारेको छ। आइतबार भएको दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा सम्भावना बलियो बनाएको छ ।

बहराइनले दिएको ७८ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा ३ विकेट गुमाउँदै भेट्यो। बहराइनलाई कम स्कोरमा रोक्न घातक बलिङ गरेका दिपेश कडेँल एक्लैले ६ विकेट लिए। ५ ओभर बलिङ गरेका दिपेशले ८ मेडन राख्दै मात्र ४ रन दिए।

दुर्गेसले ८ ओभरमा १ मेडन राख्दै २२ रन दिएर ४ विकेट लिए। बहराइनका ब्याटरहरु नेपालका बलरसामु लामो समय क्रिजमा टिक्न सकेनन्।

एक समय २.३ ओभरमा ३.१० को अवस्थामा रहेको नेपालका लागि कप्तान देव खनाल र ओपनर अर्जुन कुमालले इनिङस् उकासेका थिए। चौथो विकेटका लागि कप्तान देव र अर्जुनले ६८ रनको अविजित साझेदारी गर्दै नेपाललाई सानदार जित दिलाए।

अर्जुन र देव दुवैले समान ३२ रनको अविजित पारी खेले। ३१ बलको सामना गरेका अर्जुनले ५ चौका हाने। कप्तन देव खनालले २७ बलमा ४ चौका र १ छक्का हान्दै ३२ रनमा नटआउट रहे।

त्यसअघि नेपालले तेस्रो ओभरको तेस्रो बलमा नै खेल जारी रहँदा नेपालले ३ विकेट गुमाएको हो। नेपालले पहिलो ओभरको तेस्रो र चौथो बलमा विकेट गुमाएको हो।

नेपालले पहिलो ओभरको तेस्रो बलमा ओपनर दिपक बोहोरालाई शुन्य रनमा गुमाएको थियो। चौथो बलमा नै विकेट किपर उत्तम राङगु थापा मगर एलबीडब्लु धरापमा परे। दोस्रो ओभर सकिदा नेपालले २ विकेटको क्षतिमा १० रन बनाएको छ।

तेस्रो ओभरको तेस्रो बलमा दिपक प्रसाद डुम्रे १ रनमा क्याच आउट भए।

त्यसअघि मलेसियाको क्वालाम्पुरस्थित वायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रन बनाउँदा अलआउट भयो।

एक समय १०.५ ओभरमा १७–४ को अवस्थामा रहेको बहराइनका लागि पाचौँ विकेटका लागि मुहम्मद बसिल अअब्दुल हाकीम र अविनभ गिरिस वशिष्टले ४४ रनको साझेदार गर्दै इनिङस् उकासेका थिए।



प्रतिक्रिया दिनुहोस !