१९ आश्विन २०८१, शनिबार

पूर्वअरनिको यातायात प्रालिको जडिबुटीस्थित बसपार्क सञ्चालनमा

प्रकाशित मिति :  15 October, 2023 2:44 pm


काठमाडौँ । पूर्वअरनिको यातायात प्रालिले काठमाडौँको जडिबुटीमा निर्माण गरेको बसपार्क सञ्चालनमा आएको छ । पूर्वअरनिकोले आज(आइतबार)देखि बसपार्क सञ्चालनमा ल्याएको हो ।

पूर्वअरनिको यातायात प्रालिको आफ्नै लगानीमा बनाएको बसपार्क काठमाडौँ महानगरले संरचना भत्काउन खोजेपछि उच्च अदालत पाटनले कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएको थियो ।

जडिबुटीमा विभिन्न व्यक्तिका नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर अरनिको बसपार्क प्रालि दर्ता गरेर पूर्वअरनिको यातायात प्रालिले झन्डै १० करोड रुपैयाँ लगानीमा बसपार्क बनाएको हो ।



प्रतिक्रिया दिनुहोस !