१९ आश्विन २०८१, शनिबार

आजदेखि दसैंका लागि खसीबोका बिक्री

प्रकाशित मिति :  16 October, 2023 11:54 am


काठमाडौं । खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि दशैंका लागि खसीबोका बिक्री गर्दैछ ।

चाडपर्वका अवसरमा उपभोक्तामा स्वस्थ्यकर एवं गुणस्तरीय मासु बिक्री वितरण गराउने उद्देश्यले काठमाडौं उपत्यकाका ११ स्थानका बजारमा पशु चिकित्सकसहितको टोली परिचालन गरिएको खाद्य संस्थानले जनाएको छ ।

कलंकी खसी बजार, बल्खु कालिमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार, खाद्य संस्थान, लोकन्थली खसी बजार, साल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक, मूलपानीमा सो टोलीलाई परीक्षणका लागि पठाइने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !