१९ आश्विन २०८१, शनिबार

काठमाडौँको सोल्टीमोडमा बीवाइडीको नयाँ सीटी स्टोर सञ्चालन

प्रकाशित मिति :  16 October, 2023 12:50 pm


काठमाडौँ । बिवाइडी अटोकाे नेपालका लागि आधिकारिक वितरक साइमेक्स इ प्रा .लिले काठमाडौँमा बिवाइडी सिटी स्टोर उद्घाटन गरेको छ।

कम्पनीले विद्युतीय सवारीसाधनमा विश्वव्यापी नेतृत्व गर्ने अभियानअन्तर्गत काठमाडौँको सोल्टीमोडमा एक समारोहबिच उक्त स्टोर उद्घाटन गरेको हो।

बिवाइडीका विद्युतीय सवारीसाधनलाई धेरैभन्दा धेरै ग्राहकमाझ पु¥याउने लक्ष्यसहित नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ।

बिक्री उद्घाटन कार्यक्रममा साइमेक्स कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले यस क्षेत्रमा अग्र र उच्च गुणस्तरका विद्युतीय सवारीसाधनको प्रदर्शनी र प्रवर्द्धनमा सोरुमले उल्लेखनीय भूमिका खेल्ने बताइन्।

विद्युतीय सवारीसाधनका सम्भावित ग्राहकको सेवा र सुविधाका लागि यो सोरुम अत्याधुनिक सुविधा, चार्जिङ स्टेसन, आकर्षक डिस्प्ले र तालिमप्राप्त र ग्राहकका सेवामा समर्पित कर्मचारीहरूबाट सुसज्जित रहेको कम्पनीको भनाइ छ।

साईमेक्सले बीवाईडी अट्टो ३, बीवाईडी डल्फीन र अल न्यू बीवाईडी ई–६ मध्ये कुनै पनि बीवाईडी का सवारीसाधन खरिद गर्ने योजनामा रहेका ग्राहकहरूका लागि सरल एक्सचेन्ज सुविधाका साथमा फाइनान्सका विकल्पहरूको प्रस्ताव पनि ल्याएको कम्पनीले जनाएको छ ।

हाल बिवाइडीको नेपालमा मात्रै १२ वटा बिक्री केन्द्र रहेको र छिट्टै अन्य स्थानमा पनि विस्तारको योजना रहेको कम्पनीले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !