१९ आश्विन २०८१, शनिबार

‘अफलाइन’ यात्री बोक्ने पठाओ र इनड्राइभका ८३ राइडर प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति :  16 October, 2023 1:14 pm


काठमाडौं । ‘अफलाइन’ यात्री बोक्ने पठाओ र इनड्राइभका ८३ राइडरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो (आइतबार) साँझ जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

अफलाइन यात्रा गर्दा आपराधिक घट्ना हुने सक्ने भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरीका एसपी कुमुध ढुंगेलले जानकारी दिए । पक्राउ परेकाहरूलाई काठमाडौँका विभिन्न प्रहरी कार्यालयमा राखिएको उनले बताए ।

पछिल्लो समय अफलाइन सवारी सुरक्षित नहुने भन्दै प्रहरीले ध्यानाकषर्ण गराउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !