१९ आश्विन २०८१, शनिबार

राष्ट्रियसभाको बैठक स्थगित

प्रकाशित मिति :  16 October, 2023 1:52 pm


काठमाडौँ । राष्ट्रियसभाको भोलि मंगलबार दिनको १:०१ बजेका लागि निर्धारण गरिएको बैठक स्थागित भएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी यसअघि निर्धारित बैठक स्थगित गरेका हुन् ।

राष्ट्रियसभाको भोलिका लागि निर्धारित बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने संघीय संसद सचिवालयका महासचिव डा। भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !