१९ आश्विन २०८१, शनिबार

दुग्ध संस्थाहरूलाई किसानको भुक्तानी गर्न कृषिमन्त्री भुसालले दिए निर्देशन

प्रकाशित मिति :  16 October, 2023 4:53 pm


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.वेदुराम भुसालले किसानहरूलाई दूधको भुक्तानी गर्न दुग्ध विकास संस्थाहरूलाई निर्देशक दिएको बताएका छन् ।

दशै, तिहार तथा छठपर्व लक्षित अनुगमन, निरीक्षण लगायतका कार्ययोजना तथा कार्यहरूको बारेमा जानकारी गराउन साेमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै भुसालले दूधको भुक्तानी गर्न दूधसँग सम्बन्धित सबै संस्थालाई निर्देशन दिइएको बताएका हुन् ।

दुग्ध संस्थाहरूको स्टक रहेको उत्पादनबाट सहुलियत दरमा ऋण दिलाउन सकियो भने उनीहरूको समस्या समाधान भएर जाने मन्त्री भुसालको भनाइ थियो ।

उनले भने, “प्राइभेट कम्पनीहरूको पनि दूधको भुक्तानी बाँकी रहेको कुरा हामीलाई आएको छ । त्यसकारण सबै दूधको कारोबार गर्ने संस्थाहरूले किसानको एक महिनाभन्दा बढी बाँकी राखिदिनु हुँदैन । एक महिनाको व्यापार गरिसकेपछि त्यसको भुक्तानी दिन सक्नुपर्छ ।”

मन्त्रालयका अनुसार खाद्य तथा दाना पदार्थ लक्षित बजार अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट यस आर्थिक वर्षकाे प्रथम त्रैमासिकमा खाद्य ऐन तथा दाना पदार्थ ऐन कार्यान्वयनका लागि अनुगमन निरीक्षण गर्ने क्रममा खाद्य तथा दाना बजार ४ सय ४५ पटक, खाद्य उद्योग १ सय २९ पटक, होटलरेष्टुरेन्ट १ सय ९५ पटक गरी ७ सय ६९ पटक खाद्य अनुमगन निरीक्षण गरी म्याद गुज्रेका तथा प्रतिकूल गरी करिब दुई लाख बराबरको सामग्री जफत गरी नष्ट गरी कारबाही गरिएको छ ।

त्यस्तै सरकारले चाडपर्वलाई लक्षित गरेर दुग्ध विकास संस्थानद्वारा उत्पादित १२ थरिका दुग्ध तथा दुग्धजन्य पदार्थको मूल्यमा छुट दिएको छ । दुग्ध विकास संस्थान डिडिसीले दुग्ध पदार्थ दूध, पनिर, दही, नौनी, बटर, घिउ, मिठाई चिज, फ्रेस मिल्क को मूल्य घटाएको हाे ।

यस्ताे छ छुट मूल्य :



प्रतिक्रिया दिनुहोस !