१९ आश्विन २०८१, शनिबार

इजरायलमा निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी

प्रकाशित मिति :  16 October, 2023 5:30 pm


काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी गरिएको बताएका छन्।

सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले इजरायलमा आक्रमणमा परी निधन भएकामध्ये ५ जनाको पोस्टमार्टम भइसकेकाले इजरायल सरकारले नेपाल पठाउने तयारी गरेको जानकारी गराएको बताए।

मृतक अन्य ५ को भने परीक्षण हुन बाँकी रहेकाले चाँडै मेडिकल प्रोसेस पूरा गरेर नेपाल ल्याउने बताए। उनले अज्ञात विपिन जोशीको भने खोजि भइरहेको बताए। हराएका विद्यार्थीको बारेमा इजरायल र अन्य सरकारहरुसँग समन्वय गरेर खोजि भइरहेको उनको भनाइ छ।

उनले सरकारले बेपत्ताको खोजि कार्यलाई समेत तिब्र बनाएको बताए ।



प्रतिक्रिया दिनुहोस !