१९ आश्विन २०८१, शनिबार

ओलीले भने : एमालेको मिसन—२०८४ एकल बहुमतको सरकार

प्रकाशित मिति :  16 October, 2023 6:09 pm


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन—२०८४ एकल बहुमतको सरकार रहेको बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताए ।

अध्यक्ष ओलीले जनताका बिचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे असम्भव नरहेको बताए । अहिले अनेक प्रकारका उद्देश्य र तत्त्व सलबलाइरहेको उनकाे भनाइ छ । उनले आफूलाई अध्यावधिक नगरेका कारण काँग्रेस बुढो भएको बताए । उनले कांग्रेसको कुनै नीति र विधि नरहेको बताए ।

अध्यक्ष ओलीले उद्देश्य र गन्तव्य बोकेर हिँडेको पार्टी पुरानो नहुने बताए ।



प्रतिक्रिया दिनुहोस !