१९ आश्विन २०८१, शनिबार

गैरआवासीय नेपाली नेपालका गैरआवासीय दुत हुन्ः प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  17 October, 2023 11:10 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसारभर रहेका नेपालीहरू नेपालका गैरआवासीय दूत भएको बताएका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गैरआवासीय नेपालीहरूसँगको भेटमा उनले गैर-आवासीय नेपालीहरू पहिलाको भन्दा नेपालप्रति चासो र चिन्ता व्यक्त गर्न थालेको बताएका हुन्।

प्रधानमन्त्री दाहालले ५० औं लाख गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको बताए।

गैरआवासीय नेपालीका सम्बन्धित थुप्रै सवालहरूलाई सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गर्ने पहल गरेको उनको भनाइ छ।

प्रधानमन्त्री दाहालले नेपाल सरकारले विदेशी लगानीको न्युनतम सीमा पाँच करोड रुपैयाँबाट घटाएर दुई करोड रुपैयाँ कायम गरेको उल्लेख गरेको बताए।

कार्यक्रममा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैर आवासीय नागरिकता अभियान सुरु गरेकोमा सरकारलाई धन्यवाद दिए। उनले गैर आवासीय नेपाली नागरिकता एउटा सानो कागजको टुक्रा मात्रै नभइ मुटुको अंश भएको बताए।

कार्यक्रममा बोल्दै संघका कार्यकारी अध्यक्ष बद्री केसीले गैरआवासीय नेपाली नागरिकताको अभियान आज वैधानिक रुपमा नै सार्थक बनेकोमा खुसी व्यक्त गरे।

कार्यक्रममा संघका अध्यक्ष कुल आचार्यले कार्यान्वयनमा आएको गैरआवासीय नेपाली नागरिकताले गैरआवासीयलाई मात्रै नभइ उनीहरूका सन्तानलाई पनि नेपालसँग जोडिरहने बताए।



प्रतिक्रिया दिनुहोस !