१९ आश्विन २०८१, शनिबार

भारतीय विमान मार्फत १९ जना नेपालीको उद्धार

प्रकाशित मिति :  17 October, 2023 12:43 pm


काठमाडौं । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो।

सराकारले भारतीय विमानमार्फत इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो। परराष्ट्रमन्त्री एनपी साउदले मङ्गलवार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिएका छन् ।

परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत् थप १९ नेपालीको उद्धार गरिएको जानकारी दिए। ‘१९ जना नेपाली नागरिक तेल अविवबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ,’ उनले भने ।

मन्त्रालयले स्थानीय समय अनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ।

त्यस्तै मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए ।

यसअघि नेपाल सरकारले काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाज पठाएर २५४ नेपालीहरुलाई स्वदेश ल्याएको थियो ।



प्रतिक्रिया दिनुहोस !