१९ आश्विन २०८१, शनिबार

इजिप्ट र फ्रान्सद्वारा इजरायल–हमास द्वन्द्व रोक्ने उपायबारे छलफल

प्रकाशित मिति :  17 October, 2023 1:28 pm


काठमाडौँ । इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र भ्रमणमा रहेका फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले इजरायल–हमास द्वन्द्व रोक्ने उपायबारे छलफल गरेका छन् ।

सोमबार कायरोमा उनीहरूले दुई देशबिचको द्वन्द्व रोक्ने बारेमा छलफल गरेका हुन् । गाजा पट्टीमा बिग्रिँदै गएको मानवीय अवस्था र गाजावासीहरूलाई तत्काल मानवीय र राहत सहायता उपलब्ध गराउन महत्वपूर्ण हुने बताए ।

नागरिकलाई घेराबन्दी, भोकमरी र विस्थापन जस्ता सजाय नदिन आग्रह समेत गरे । फ्रान्सले गाजापट्टीमा मानवीय सहायताका लागि १० मिलियन युरो सहायता दिने भएको जानकारी गराइएको छ ।



प्रतिक्रिया दिनुहोस !