१९ आश्विन २०८१, शनिबार

सरकार गैरआवासीय नेपाली संघसँग थप सहकार्य चाहन्छ : परराष्ट्रमन्त्री साउद

प्रकाशित मिति :  17 October, 2023 2:28 pm


काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग थप सहकार्य र हातेमालो गर्न चाहेको बताएका छन्।

मंगलवारबाट काठमाडौँमा शुरु भएको संघको ११ औं विश्व सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले नेपालमा लगानी भित्र्याउन, विदेशी पर्यटक भित्र्याउन, विदेशमा नेपाली वस्तु तथा सेवाको बजार पहिचान तथा प्रवर्धन गर्न, नेपाली कला, संस्कृति र गौरवगाथालाई संसारभर फैलाउन, नेपाल र नेपालीको हितमा विभिन्न मुलुकमा लबिङ गर्न र सहयोगी हातहरू विस्तार गर्न एनआरएनएले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले त्यससँगको सहकार्यलाई थप प्रभावकारी बनाउन सरकारले सबै प्रयत्न गर्ने स्पष्ट पारे।

मन्त्री साउदले गैरआवासीय नेपालीहरूलाई सरकारले अवैतनिक राजदूतको रूपमा ग्रहण गरेको समेत बताए। नेपालको राजनीतिमा पनि महत्त्वपूर्ण एजेण्डा बन्न सकेको भन्दै एनआएएनएको प्रशंसा पनि उनले गरे। मन्त्री साउदले नेपाल राष्ट्रको विकास र समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे।

मन्त्री साउदले गैरआवासीय नेपालीलाई नागरिकता दिने कामको शुरुवात भएको उल्लेख गर्दै त्यसलाई सहजीकरण गर्न पनि सरकार कटिबद्ध रहेको बताए।



प्रतिक्रिया दिनुहोस !