१९ आश्विन २०८१, शनिबार

दुई महिनामै शिक्षाका लागि विदेशियो २३ अर्ब रुपैयाँ

प्रकाशित मिति :  17 October, 2023 2:50 pm


A Nepal Police officer checks documents of persons visiting various nations for employment and higher education, before boarding their flights, at the Tribhuvan International Airport, in Kathmandu, on Wednesday, December 7, 2016. Photo: RSS

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०|०८१ को पहिलो दुई महिनामा नै विदेशमा पढ्न जाने नेपाली विद्यार्थीहरूले २३ अर्ब ३२ करोड रुपैयाँ लगेका छन् । यो गत वर्षको समान अवधिभन्दा लगभग दोब्बर हो ।

गत वर्षको पहिलो दुई महिनामा शिक्षाका लागि १२ अर्ब ७६ करोड रुपैयाँ नेपालबाट विदेशिएको थियो भने गत आर्थिक वर्ष २०७९्०८० भरिमा शिक्षाका लागि नेपालबाट १ खर्ब ४ अर्ब २३ करोड रुपैयाँ विदेशिएको थियो ।

नेपालबाट अध्ययनका लागि विदेशिने विद्यार्थीहरूको संख्या व्यापक रूपमा बढेसँगै अध्ययनका लागि शुल्क र अन्य महसुलबापत यहाँबाट पैसा विदेशिने क्रम बढेको हो ।

विदेशी विद्यार्थीले भित्र्याए सवा अर्ब

शिक्षाका लागि नेपालबाट रकम विदेशिएकोमात्र नभइ नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीहरूले चालू आर्थिक वर्ष २०८०|८१ को पहिलो दुई महिनामा १ अर्ब २८ करोड रुपैयाँ नेपाल भित्र्याएका छन् । गत आर्थिक वर्ष२०७९|८० मा विदेशी विद्यार्थीले ४ अर्ब ६ करोड रुपैयाँ भित्र्याएका थिए ।



प्रतिक्रिया दिनुहोस !