१९ आश्विन २०८१, शनिबार

मंगलबार नेप्से १३ अंकले बढ्यो

प्रकाशित मिति :  17 October, 2023 5:09 pm


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १३.१८ अंकले बढेर १८६४.६२ अंकमा पुगेको छ ।
नेप्सेमा मंगलबार कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी १० वटा कम्पनीको सेयरमूल्य बढेको छ ।
आज कारोबार रकमका आधारमा हाथवे इन्भेष्टमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ४ करोड ६२ लाख ६९ २ सय ४८ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै नबिल प्रगति फण्डका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । फण्डको मूल्य ७.३५ प्रतिशतले बढेको छ ।
कुल २८९ कम्पनीको ३८ लाख १३ हजार २ सय ३३ कम्पनीको १ अर्ब ८४ लाख ३७ हजार ७८ सय ६० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !