१९ आश्विन २०८१, शनिबार

न्यायाधीश समाजको अध्यक्षमा सपना मल्ल निर्वाचित

प्रकाशित मिति :  17 October, 2023 5:52 pm


काठमाडौं । न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित भएकी छिन् । मंगलबार सम्पन्न साधारणसभाले समाजको अध्यक्षमा सपना प्रधान मल्ललाई निर्वाचित गरेको हो ।

समाजको कार्यसमिति सदस्यहरुको पदावधि दुई वर्षको हुने भएपनि न्याय परिषद्को सदस्य भएपछि समाजको कार्यसमिति छाड्नुपर्ने भएकाले यसअघिका अध्यक्ष ईश्वरप्रसाद खतिवडाले राजीनामा दिएका थिए ।

त्यसपछि भएको साधारणसभाले सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ललाई अध्यक्षमा निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । समाजको महासचिवमा उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर, सचिवमा जिल्ला न्यायाधीश शिशिरराज ढकाल र कोषाध्यक्षमा उच्च अदालतका पूर्व न्यायाधीश बालेन्द्र रुपाखेती निर्वाचित भएका छन् ।

सदस्यहरुमा उच्च अदालतका न्यायाधीश तेजनारायण सिंह राई, राजेश्वर तिवारी, उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल र जिल्ला न्यायाधीश दुर्गा खड्का रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !