१९ आश्विन २०८१, शनिबार

नेपाल डेरी एसोसिएसन बागमतीद्वारा शुभकामना आदानप्रदान

प्रकाशित मिति :  18 October, 2023 7:43 am


काठमाडौँ । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशले विजया दशमी, तिहार, नेपाल सम्वत ११४४ तथा छठ पर्व २०८० को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती प्रदेशले मंगलबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका सभापति डी.बी. बस्नेत, बागमती प्रदेश कृषि मन्त्रीका सल्लाहकार एवं डेरी विज्ञ नारायण बहादुर श्रेष्ठ, केन्द्रीय दुग्ध उत्पादक सहकारीका बरिष्ठ उपाध्यक्ष कृष्ण सापकोटा, महासचिव राम आचार्य , एनप्याब्सन केन्द्रीय अध्यक्ष पाण्डब हमाल, एमनेष्टी इनटरनेशनलका पूर्व अध्यक्ष सुर्य बहादुर अधिकारी, राष्ट्रिय दुग्ध विकास बोर्डका अधिकृत बिदुर राई, ओम खरेलको उपस्थिति थियो ।

नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दीपप्रसाद धमला, उपाध्यक्ष मनोज कुमार घिमिरे, सह–कोषाध्यक्ष लगायतको उस्थिति रहेको थियो ।

शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकालले कार्यक्रममा निमन्त्रणा गर्नुभएकोमा धन्यवाद दिंदै प्रदेशका यस्ता गतिविधिले एसोसिएसनको गति बढ्ने र सदस्यहरूको मनोबल समेत उच्च रहने बताए ।

पछिल्लो आर्थिक संकटको चपेटामा दुग्ध क्षेत्र समेत परेको भन्दै यसका लागि सबै मिलेर समस्या समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका सभापति डी.बी बस्नेतले एसोसिएसनले सबै डेरी उद्योगका सदस्यहरूलाई एकै ठाउँमा जम्मा गरि कार्यक्रम राख्नु राम्रो भएको बताए ।

एन प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डब हमालले विद्यार्थीलाई अनिवार्य दूध सेवन गराउने कुरामा आफूले सधैं विद्यालयमा अभिभावकलाई प्रोत्साहन गर्ने गरेको बताए ।

एमनेष्टी इनटरनेसनलका पूर्वअध्यक्ष सुर्य बहादुर अधिकारीले बालकदेखि बृद्ध अवस्थासम्म सधैं दुध तथा दुग्ध पदार्थ अनिवार्य रहेको र दुध अमृत बराबर भएको बताए । राष्ट्रिय दुग्ध विकास बोर्डका उपकार्यकारी निर्देशक डा.बालक चौधरीले दुग्ध विकास बोर्ड सधैं दुग्ध क्षेत्रको हितमा रहेको बताए ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बागमती प्रदेशको आयोजनामा भएको कार्यक्रमप्रति आभार व्यक्त गरे । यस्ता सकारात्मक गतिविधि देख्दा आफू अत्यन्तै खुशी उल्लेख गरे ।

केन्द्रीय दुग्ध सहकारीका बरिस्ठ उपाध्यक्ष कृष्ण सापकोटाले दुग्ध क्षेत्रको यो कठिन समयमा सबै मिलि समस्या हल गर्नु पर्ने र दशैको मुखमा तत्काल किसानको भुक्तानी गर्न सबै उद्योगीलाई आग्रह गरे ।

महासचिव राम आचार्यले सबैलाई शुभकामना दिंदै किसानले दुःख गरेर उत्पादन गरेको दुध सडकमा फाल्न नपरोस भन्ने धारणा राखे ।

आउँदा दिनमा किसानले पशुपालन गर्न छोडेपछि फेरि उद्योगीले नै दुध नपाउने दिन आउन सक्ने संकेत गर्दै सबैलाई बेलैमा सहज हुन आग्रह गरे ।

केन्द्रीय उपाध्यक्ष मनोज घिमिरेले डेरीमा रहेको वर्तमान समस्या हल गर्न सबै सरोकारवाला एकै ठाउँमा रहि गहन छलफलको आवश्यक रहेको बताए । उनले बाहिरबाट अबैध रुपमा आइरहेको दूध तथा दुग्ध पदार्थ तत्काल रोक्न सरकारलाई अनुरोध गरे ।



प्रतिक्रिया दिनुहोस !