१९ आश्विन २०८१, शनिबार

कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ खुवाइँदै

प्रकाशित मिति :  18 October, 2023 1:47 pm


काठमाडौँ । सरकारले यसपटकको भिटामिन ‘ए’ कार्यक्रम आउँदो कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ ।

नियमित तालिकाअनुसार कात्तिक २ र ३ गते भएपनि दसैँ परेका कारण १७ र १८ गते सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर सञ्चालन हुने कार्यक्रममा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई नछुटाइ भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ ।यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरूलाई जुकाको औषधि खुवाइने छ ।



प्रतिक्रिया दिनुहोस !