२० आश्विन २०८१, आइतबार

युएईलाई ७ विकेटले पराजित गर्दै नेपालको विजयी सुरुवात

प्रकाशित मिति :  18 October, 2023 5:22 pm


काठमाडौं । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको छ ।

बुधबार नेपालले घरेलु मैदानमा सुरु त्रिकोणात्मक भएको खेलमा युएईलाई पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको छ । यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जीतमा अविजित रहँदै कप्तान रोहित पौडेलले ५१ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । आसिफ शेख २३, कुशल भुर्तेल १४ र कुशल मल्ल ११ रन जोडेर आउट भए ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोड्यो । यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए ।



प्रतिक्रिया दिनुहोस !