२० आश्विन २०८१, आइतबार

असनमा दुई भरियाको मृत्यु

प्रकाशित मिति :  20 October, 2023 12:04 pm


काठमाडौं । काठमाडौंको असन क्षेत्रमा मजदुरी गर्दै आएका दुई भरियाको मृत्यु भएको छ। शुक्रबार विहान गम्भिर अवस्थामा उनीहरुलाई अस्पताल पुर्‍याएपछि उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरीले जनाएको छ ।

जनसेवा वृत्त प्रमुख भेषराज रिजालका अनुसार मसान गल्ली र असन क्षेत्रमा ती दुई मजदुरलाई सिकिस्त अवस्थामा भेटेर अस्पताल पुर्याइएको थियो। मृत्यु हुनेमा दोलखाको कालिन्चोकका ५४ वर्षीय पूर्णबहादुर थामी र अन्दाजी ३५ वर्षका अर्का एक युवक रहेका छन्।



प्रतिक्रिया दिनुहोस !