२० आश्विन २०८१, आइतबार

टीकाको दिन यी रुटमा प्रहरीले निःशुल्क बस सञ्चालन गर्ने

प्रकाशित मिति :  23 October, 2023 7:03 pm


काठमाडौँ । नेपाल प्रहरीले दशैँको टीकाको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

मंगलबार टीकाको दिन बिहान साढे ८ बजेदेखि अपराह्न ४ बजेसम्म काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार टीकाको दिन सार्वजनिक सवारी कम चल्ने भएकाले आम सर्वसाधरणको लागि दुईवटा बस सञ्चालन गर्न लागेको हो ।

रुट नम्बर १ मा रहेको बसले नक्साल, बालुवाटार, टिचिङ अस्पताल, चक्रपथ, नयाँबसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलीसडक हुदैँ जय नेपाल हलसम्म परिक्रमा गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै रुट नम्बर २ को बस नक्साल, रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सुर्यविनायक, चाबहिल, सुकेरधारा, चक्रपथ, टिचिङ हुदैँ बालुवाटारसम्म पुग्नेछ।



प्रतिक्रिया दिनुहोस !