२० आश्विन २०८१, आइतबार

दशैँको टिका लगाउने उत्तम साइत ११:०२ बजे

प्रकाशित मिति :  24 October, 2023 7:08 am


काठमाडौँ। आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदैछ।

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ : ०२ बजेको साइत उत्तम रहेको छ ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ। त्यस्तै आज बिहान १०:३७ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !