२० आश्विन २०८१, आइतबार

शशिला मोटर्सले हाइगर ब्राण्डको ईभी मिनी भ्यान र मिनीबस नेपाल भित्र्याउने

प्रकाशित मिति :  24 October, 2023 8:22 am


काठमाडौं । कमर्सियल गाडीहरूको बिक्री वितरणमा नेपालको स्थापित डिलर शशिला मोटर्स् प्रालिले विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ ।

चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसँग शशिला मोटर्सले सम्झौता गरेको कम्पनीका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताए ।

यो सम्झौतासँगै शशिला मोटर्स् प्रालि हाइगर भ्यानको नेपालका लागि एकमात्र आधिकारिक वितरक बनेको छ ।​ शुरूमा प्रालिले १६ सिट क्षमताका ईभी मिनी भ्यान र मिनिबस नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ ।

हाइगर बस कम्पनी लिमिटेडले विश्वका १३० भन्दा धेरै देशहरूमा आफ्नो उपस्थिति जनाइसकेको छ । हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’ को उपाधि प्राप्त गर्न सफल बहुचर्चित ब्राण्ड हो ।

यो नेपालमा वातावरण मैत्री तथा ढुवानी व्यवसायका लागि पनि उत्कृष्ट हुने र मिनीबस रेञ्जहरूमा ग्राहकको पहिलो रोजाइ बन्न सफल हुने प्रबन्धनिर्देशक खतिवडाको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस !